गृहपृष्ठ कर्णालीमा २१ जना संक्रमित थपिए, २९ जना डिस्चार्ज

कर्णालीमा २१ जना संक्रमित थपिए, २९ जना डिस्चार्ज

कर्णाली प्रदेशमा थप २१ जनामा कोरोनाभाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ । शनिबार प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा कर्णालीका तीन जिल्लाका २० र अन्य प्रदेशका एक जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतमा १७, दैलेखमा दुई, जाजरकोटमा एक र अन्य प्रदेशको एक जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । योसँगै कर्णालीमा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको संख्या ६ हजार पाँचसय ९२ पुगेको महाशाखाका स्वाथ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार शनिबार २९ जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशभर ६ हजार ४४ जना कोरोनामुक्त भएका हुन् । प्रदेशभर ३ सय ९३ कोरोनाका सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । हालसम्म प्रदेशभर कोरोना भाइरसका कारण १९ जनाले ज्यान गुमाइसकेको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु