fbpx
corona information

गृहपृष्ठ बागमती प्रदेशमा कोरोनाबाट ६३१ जनाको मृत्यु

बागमती प्रदेशमा कोरोनाबाट ६३१ जनाको मृत्यु

फाइल तस्बिर ।

विश्वव्यापी  महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हेटौँडालगायत बागमती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ ।

बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईंका अनुसार कूल संक्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बागमती प्रदेशमा कोरोना संक्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उनको भनाइ छ ।

प्रवक्ता डा. सेढाईंका अनुसार मुलुकको कूल कोरोना संक्रमितमध्ये बागमती प्रदेशमा ५० प्रतिशत रहेको छ । कोरोनाको संक्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको विषयलाई पालना गर्नुपर्ने उनले बताए ।

यसैबीच हेटौँडा उपमहानगरपालिका–५ का ६४ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट शुक्रबार आफ्नै घरमा मृत्यु भएको बताइएको छ । उनलाई कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु