fbpx
corona information

गृहपृष्ठ गण्डकीमा थपिए ५८ जना संक्रमित, तीनको मृत्यु

गण्डकीमा थपिए ५८ जना संक्रमित, तीनको मृत्यु

गण्डकी प्रदेशमा बुधबार ५८ जना कोरोना संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४६ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका–३ का ८३ वर्षीय पुरुष र पोखराकै वडा नं १७ का ७८ वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

आज थपिने संक्रमितमा सबैभन्दा बढी कास्कीका ३८, स्याङ्जाका नौ, तनहुँका पाँच, म्याग्दी र गोरखाका तीन/तीन जना छन् । प्रदेशमा कूल संक्रमितको संख्या १० हजार ५४८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । (रासस)

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु