fbpx
corona information

गृहपृष्ठ थप ३५१७ जना कोरोना संक्रमण

थप ३५१७ जना कोरोना संक्रमण

शुक्रबार थप तीन हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमित हुनेको संख्या एक लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९८९ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर डिस्चार्ज भई घर फर्किनेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ भने २ हजार ६६६ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप १६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

प्रकाशित समय १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु