गृहपृष्ठ गण्डकीमा १५५ जना संक्रमित थपिए, दुईको मृत्यु

गण्डकीमा १५५ जना संक्रमित थपिए, दुईको मृत्यु

गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
थप हुनेमा कास्कीका ९८, नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का १६, तनहुँका १४, स्याङ्जाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक/एक जना छन् । गण्डकीमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मंगलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ । त्यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोटका ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु