fbpx
corona information

गृहपृष्ठ स्याङ्जाका ३५१ विद्यालय भवन पुनर्निर्माण

स्याङ्जाका ३५१ विद्यालय भवन पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३५१ विद्यालय भवन निर्माण भएका छन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ३५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्याङ्जाका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७३/७४ देखि ७६/७७ को अन्तिमसम्ममा जिल्ला शिक्षा कार्यालय स्याङ्जा र पुनर्निर्माण प्राधिकरण शिक्षाद्वारा २७५ वटा विद्यालयका ३५१ वटा भवन निर्माण सम्पन्न गरिएको उनले बताए । ‘एकाइ (शिक्षा) कार्यालय स्थापना नहुँदै सुरुका दिनमा जिल्ला शिक्षा कार्यालय स्याङ्जाबाट विद्यालय भवन निर्माण तथा मर्मतको काम हुने गरेका थिए,’ कार्यालय प्रमुख आचार्यले भने, ‘कार्यान्वयन एकाइ स्थापनासँगै विद्यालय व्यवस्थापन समितिमार्फत हाल विद्यालय भवनहरु निर्माण तथा मर्मतका काम जारी छन् ।’

स्याङ्जाका एक हजार ३७१ वटा कक्षाकोठा मर्मत तथा नयाँ निर्माण गरिएको हो । स्याङ्जामा चारवटा भवन साउदी सरकारको अनुदानमा निर्माण भएका हुन् भने बाँकी सबै प्राधिकरणमार्फत बनेका हुन् । प्राधिकरणमार्फत विद्यालय भवन निर्माण तथा मर्मतसँगै आवश्यकताका आधारमा शौचालय निर्माण र खानेपानीको व्यवस्थापनसमेत मिलाइएको छ । (रासस)

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु