fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, १८ सय जना डिस्चार्ज

थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, १८ सय जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ भने ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ ।

प्रकाशित समय १६:२९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु