fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सुर्खेतमा कोरोना संक्रमित २२ वर्षीय युवकको मृत्यु

सुर्खेतमा कोरोना संक्रमित २२ वर्षीय युवकको मृत्यु

कर्णाली प्रदेशमा थप एक जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । गुर्भाकोट नगपालिका २ सुर्खेतका २२ वर्षीय युवकको बिहीबार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

वीरेन्द्रनगरमा आफ्नो ठूलो बुवाको घरमा बसी अध्ययन गर्दै आएका युवा शौचालयमा लडेको र मुखबाट फिज आएको अवस्थामा फेला परेका थिए । सुरुमा झारफुक गरी स्थानीय देउती अस्पताल सुर्खेतमा उपचारका लागि लिए पनि अस्पताल प्रदेश अस्पतालमा रिफर गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उक्त युवालाई सास फेर्न अप्ठ्यारो भएपछि एक्सरे गरी हेर्दा फोक्सोको बाहिर हावा भरिएको थियो । ‘बिहीबार बिहान उनको स्वाब संकलन गरी परीक्षण गरेको हो,’ कँडेलले भने, ‘स्वास्थ्य अवस्था बिग्रदै गएको थियो ।’

बिहान स्वाब संकलन गरी परीक्षणको रिपोर्ट नआउँदै बेलुकी पाँच बजे उनको मृत्यु भएको कँडेलले बताए । २२ वर्षीय युवाको मृत्यु भएको दुई घण्टापछि उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको कँडेलले बताए । योसँगै कर्णालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

प्रकाशित समय १७:३१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु