fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

कोरोना संक्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा. थापाले बताए । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा. थापाले जानकारी दिए । योसँगै आजसम्ममा कोरोना संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

प्रकाशित समय १०:०६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु