fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु

कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु

कोरोनाभाइरस (कोभिड- १९) को संक्रमणबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो नेपालगञ्जमा मृत्यु भएको हो ।

दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत सापकोटाको बिहीबार दिउँसो करिब ३ बजे मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट उनको कोरोना संक्रमण पुष्टि भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो ।

प्रकाशित समय १७:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु