fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ थप १,५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

थप १,५१३ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा देशभर १० हजार ८९१ जनाको पीसीआर परीक्षण गर्दा  १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण भएको जनाएको छ । अब देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  ।

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७ सय ७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको प्रवक्ता गौतमले बताए । योसँगै देशभरबाट ७२ दशमलव ६ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् ।

त्यसैगरी, काेराेनाका कारण थप १० जनाले ज्यान गुमाएका छन् । योसहित नेपालमा काेराेनाले मृत्यु हुनेको संख्या ४ सय ९१ जना पुगेको छ ।

प्रकाशित समय १६:२४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु