fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कोरोना संक्रमणबाट देशभर थप १० जनाको मृत्यु

कोरोना संक्रमणबाट देशभर थप १० जनाको मृत्यु

फाइल तस्बिर ।

कोरोनाभाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र नेपालमा थप १० जनाको मृत्यु भएको छ । मृतकमा ६ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये काठमाडौं उपत्यकाका ६ जना रहेका छन् । मन्त्रालयका अनुसार उपत्यकामा ज्यान गुमाउनेमा काठमाडौंमा ४ तथा ललितपुर र भक्तपुरमा १/१ जना रहेका छन् । काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुषको मृत्यु भएको हो  । यस्तै धनुषामा ७६, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पामा ४० वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ ।

प्रकाशित समय १९:१० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु