fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १० लाख

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १० लाख

विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख ३९ हजार, ६१ हजार संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक

विश्वभर महामारीको रूपमा फैलिएका कोरोना भाइरस ३ करोड १० लाख नजिक पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर तीन करोड ९ लाख ८४ हजार ४३७ व्यक्तिमा भाइरस पुगेको छ । त्यस्तै हालसम्म विश्वमा कोरोना भाइरसबाट ९ लाख ६१ हजार ४ सयले ज्यान गुमाएका छन् भने २ करोड २५ लाख ८३ हजार ४६८ निको भएर घर फर्किएका छन् ।

वितेका २४ घण्टामा विश्वमा २ लाख ९१ हजार २२२ संक्रमित थपिएका छन् भने ५ हजार १४२ जनाको मृत्यु भएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी भाइरस फैलिएको अमेरिकामा संक्रमितको संख्या ६९ लाख ६७ हजार ४०३ नाघेको छ । हालसम्म २ लाख ३८ हजार २४ जनाले ज्यान गुमाएका छन् । वितेका २४ घण्टामा मात्रै अमेरिकामा ४२ हजार ५३३ संक्रमित थपिएका छन् भने ६५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा ५३ लाख ९८ हजार २३० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ८६ हजार ७७४ जनाले ज्यान गुमाएको भारतीय स्वास्थ्य संस्थाले जनाएका छन् । वितेका २४ घण्टामा मात्रै भारतमा थप ९२ हजार ७५५ संक्रमित थपिएका छन् भने एक हजार १४९ जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलमा वितेका २४ घण्टामा थप ३० हजार ३१३ संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या ४५ लाख २८ हजार ३४७ पुगेको छ । हालसम्म ब्राजिलमा एक लाख ३६ हजार ५६५ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख ३९ हजार ५६७ रहेको छ भने ६१ हजार ३८६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित समय १०:३८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु