fbpx
corona information

गृहपृष्ठ गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा नयाँ संक्रमित सहित संख्या ३ हजार ६६ पुगेको छ ।

प्रदेशको ४ जिल्ला अन्तर्गत २९ जना, गोरखामा १३ जना, तनहुँमा ५ जना र बागलुङमा ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिकामा २८ जना र रुपा गाउँपालिकामा १ जनामा कोरोना देखीएको उनले जानकारी दिए । पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् । वार्ड नम्बर १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नम्बर २७ का २८ वर्षीय पुरुष, वार्ड नम्बर ६ का २१ वर्षीय पुरुष गरी ४ जना भारतबाट आई क्वारेन्टिनमा बसेका छन् ।

रुपा गाउँपालिका १ का २७ वर्षीय पुरुष ईलामबाट आई क्वारेन्टिनमा बसेका हुन् । २५ वर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् । त्यसैगरी तनहुँको घिरिङका तीनैजना पुरुष भारतबाट आएर क्वारेन्टिनमा बसेकामा देखिएको शर्माले जानकारी दिए ।

बाग्लुङ गल्कोट ३ र बाग्लुङ १ का क्रमशः ३७ र ४६ वर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टिनमा बसेको उनले जानकारी दिए । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङकाबाट पहिचान भएको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा अहिले सम्म संक्रमितको सख्या ३ हजार १६६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रकाशित समय ०९:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु