fbpx
corona information

गृहपृष्ठ वीरेन्द्रनगरका २२ सहित कर्णालीमा २८ जना संक्रमित थपिए

वीरेन्द्रनगरका २२ सहित कर्णालीमा २८ जना संक्रमित थपिए

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका २२ जनासहित मंगलबार २८ जनामा कोरोना भाइरस (कोभिड- १९) को पुष्टि भएको छ । प्रदेश अस्पताल /पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका २७ जनामध्ये २२ जना वीरेन्द्रनगरका रहेका छन् ।

वीरेन्द्रगरमा कोरोना पुष्टि हुनेहरुमा वडा नं १ का २२ वर्षीय पुरुष, वडा नं ४ का ३३ वर्षीय महिला, वडा नं ५ का ३७ र ४४ वर्षीय पुरुष, वडा नं ६ का २९ र ४२ वर्षीय पुरुष तथा २२ र ४६ वर्षीय महिला, वडा नं ७ का २२ र ३३ वर्षीय पुरुष तथा ३८ र २० वर्षीय महिला, वडा नं ८ की २७ वर्षीय महिला, वडा नं ९ की २४ वर्षीय महिला, वडा नं १० का ४० र ५१ वर्षीय पुरुष, वडा नं ११ का २० र २२ वर्षीय महिला तथा २४ वर्षीय पुरुष, वडा नं १२ का २१ र ५१ वर्षीय पुरुष तथा ४२ वर्षीय महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाकाले जानकारी दिएको छ ।

त्यस्तै, दैलेखको नारायण नगरपालिका १ का २५ वर्षीय महिला, बझाङका ३० वर्षीय पुरुष, सर्लाहीका २८ वर्षीय पुरुष, बाँकेका ५८ वर्षीय पुरुष र दा²का २८ वर्षीय पुरुषमा समेत कोरोना भाइरसको पुष्टि भएको हो । त्यस्तै चौरजहारी पिसिआर प्रयोगशाला रुकुमपश्चिममा सल्यानका २४ वर्षीय पुरुषमा समेत कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या २ हजार ८ सय ६३ पुगेको छ ।

गत २४ घण्टामा प्रदेशभर ३९ जना कोरोना भाइरसमुक्त भएपछि २ हजार ५ सय ७० जनाले हालसम्म कोरोना जितेका छन् । हाल कोरोनाका सक्रिय बिरामी भने २ सय ४६ रहेको महाशाखाका प्रमुख बृषबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित समय १८:५५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु