गृहपृष्ठ कारोना संक्रमणमा अमेरिकापछि भारत, एकै दिनमा थपिए ९२ हजार संक्रमित

कारोना संक्रमणमा अमेरिकापछि भारत, एकै दिनमा थपिए ९२ हजार संक्रमित

विश्वभर कोरोना भाइरस संक्रमणमा सबैभन्दा बढी फैलिएको अमेरिकापछिकै दोस्रो देशमा भारत देखिएको छ । दोस्रो बढी संक्रमित देश ब्राजिललाई पन्छ्याउँदै भारत दोस्रो स्थानमा देखिएको छ । आइतबारको तथ्यांक हेर्ने हो भने सबैभन्दा उच्च संक्रमण भारतमा देखिएको छ ।

गएको २४ घण्टामा मात्रै भारतमा ९१ हजार ७२३ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ४२ लाख दुई हजार ५६२ पुगेको हो । भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म भारतमा ७१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा मात्रै एक हजार आठ जनाले ज्यान गुमाएपछि ज्यान गुमाउनेको संख्या ७१ हजार ६८७ पुगेको छ । त्यस्तै ३२ लाख ४७ हजार २९७ जनाको सफल उपचार भएको छ भने आठ लाख ८३ हजार ५७८ जनाको उपचार भइरहेको छ ।

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु