गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख नाघ्यो, ६० लाख ८० हजारको उपचार हुँदै

कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख नाघ्यो, ६० लाख ८० हजारको उपचार हुँदै

विश्वभर एक करोड १९ लाख १४ हजार ७८८ जना उपचारपछि घर फर्किए

फाइल तस्बिर ।

विश्वभर कोरोना संक्रमितबाट ज्यान गुमाउनेको संख्या सात लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै सात हजारभन्दा बढी व्यक्तिको ज्यान गएपछि मृतकको संख्या सात लाख चार हजार ३२४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म एक करोड ८६ लाख ९९ हजार ४३२ पुगेको छ । एकै दिनमा दुई लाख ६२ हजार व्यक्तिमा संक्रमण देखिएको छ । त्यस्तै एक करोड १९ लाख १४ हजार ७८८ जना उपचारपछि घर फर्किएका छन् भने ६० लाख ८० हजार ३२० जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये ६५ हजार ४७७ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै ५४ लाख ५०४ जनामा संक्रमण भएपछि संक्रमितको संख्या ४९ लाख १८ हजार ४२० पुगेको छ ।

त्यस्तै एक लाख ६० हजार २९० जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार ३६२ जनाले ज्यान गुमाए । त्यस्तै २४ लाख ८१ हजार ६८० जनाको सफल उपचार भएको छ भने २२ लाख ७६ हजार ४५० जनाको उपचार भइरहेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख आठ हजार जनामा संक्रमण भएको छ । गएको २४ घण्टामा मात्रै ५६ हजार ४११ जनामा संक्रमण देखिएको छ । त्यस्तै ९६ हजार ९६ जनाको ज्यान गएको छ ।

भारतमा पनि कोरोना संक्रमितको संख्या १९ लाखभन्दा बढी सक्रमित देखिएका छन् । गएको २४ घण्टामा मात्रै ५१ हजार २८२ जनामा संक्रमित थपिएका छन् भने ३९ हजार ८२० जनाको ज्यान गएको छ ।

प्रकाशित समय ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु