fbpx
corona information

गृहपृष्ठ कैलालीमा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, भान्छेसहित ७ जनामा कोरोना

कैलालीमा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, भान्छेसहित ७ जनामा कोरोना

फाइल तस्बिर

कैलालीको एक क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार र भान्छेसहित ७ जनामा कोरोनाभाइरस देखिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका १ हसुलियाको एक विद्यालायमा बनाइएको क्वारेन्टिनका स्वास्थ्यकर्मी, चौकीदार र भान्छेमा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई आइसोलेसनमा राखिएको र उनीहरुसँग सम्पर्कमा आएकाहरुको परीक्षण गरिने गाउँपालिकाले जनाएको छ ।

कैलालीमा एक ८ महिने बालिकामा पनि रहेको जनाइएको छ । कैलालीको गोदावरी नगरपालिकामा ८ महिने बालिकासहित १४ जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये १० जना एउटै टोलका छन् । ८ महिनाकी बालिकाको बुवा आमा र दाजुलाई पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।

कैलालीमा हालसम्म एक हजार १७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सबैभन्दा धेरै गोदावरीमा ३५३ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित समय ०६:३४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु