fbpx
corona information

गृहपृष्ठ कर्णालीमा १,७२२ जना संक्रमणमुक्त, सक्रिय बिरामीको संख्या २११

कर्णालीमा १,७२२ जना संक्रमणमुक्त, सक्रिय बिरामीको संख्या २११

कर्णाली प्रदेशमा १ हजार ७ सय २२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । शनिबार प्रदेशका तीन जिल्लामा गरी ७ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय २२ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका अनुसार प्रदेश अस्पताल सुर्खेतबाट ४, नारायण आइसोलेशन दैलेखबाट २ र छत्रेश्वरी आइसोलेशन सल्यानबाट १ जनाले कोरोना जितेका हुन् ।

महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीका अनुसार शनिबार कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा पाल्पाका १ जनामा कोरोनाभाइरस (कोभिड– १९) पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १ हजार ९ सय ३९ पुगेको छ ।

त्यस्तै प्रदेशभर सक्रिय बिरामीको संख्या भने २ सय ११ रहेको छ ।

प्रकाशित समय १९:२४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु