fbpx
corona information

गृहपृष्ठ कर्णालीमा कोरोना : एक जना थपिए, १८ जना निको भए

कर्णालीमा कोरोना : एक जना थपिए, १८ जना निको भए

कर्णाली प्रदेशमा शुक्रबार एक जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार दैलेखका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार नै १८ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन् । हालसम्म एक हजार ९३८ मध्ये एक हजार ७२१ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

त्यस्तै हालसम्म प्रदेशका तीनवटा जिल्ला भने कोरोना संक्रमणमुक्त छन् । डोल्पा, रुकुमपश्चिम र जुम्ला कोरोना संक्रमणमुक्त भएका हुन् । महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कोरोना संक्रमितको संख्या कर्णालीमा २१७ छ । तीमध्ये २०३ जना आइसोलेसनमा र १४ जना होम आइसोलेसनमा छन् । महाशाखाले दिएको जानकारीअनुसार सुर्खेतमा ४० जना, दैलेखमा १२९ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, मुगुमा एक जना र कालिकोटमा १२ जना कोरोना संक्रमित छन् ।

प्रकाशित समय २१:५५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु