fbpx
corona information

गृहपृष्ठ गण्डकीमा थप २ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या १,३७७ पुग्यो

गण्डकीमा थप २ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या १,३७७ पुग्यो

कास्कीको पोखरा महानगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार पछिल्लोपटक २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणबाट पोखरा महानगरपालिकाका २९ र ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको निर्देशानालयले जनाएको छ ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशानालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । हालसम्म गण्डकी प्रदेशमा १ हजार २ सय ९  जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित समय १५:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु