गृहपृष्ठ विश्वभर ८७ लाख ३५ हजार कोरोना संक्रमित डिस्चार्ज

विश्वभर ८७ लाख ३५ हजार कोरोना संक्रमित डिस्चार्ज

विश्वभर एक करोड ४६ लाख ४१ हजारमा संक्रमण, ५२ लाख ९७ हजारको उपचार हुँदै

सांकेतिक तस्बिर

विश्वभर ८७ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज भएको छन् । गएको २४ घण्टामा मात्रै हजारौंको संख्यामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म एक करोड ४६ लाखभन्दा बढी व्यक्तिमा कोरोना देखिएको छ । गएको २४ घण्टामा मात्रै करिब दुई लाख २७ हजारभन्दा बढी व्यक्तिमा भाइरस देखिएपछि कुल संक्रमितको संख्या एक करोड ४६ लाख ४१ हजार ८१९ पुगेको छ ।

ज्यान गुमाउनेको संख्या पनि विश्वभर ६ लाख आठ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै करिब साढे पाँच हजारभन्दा बढीको ज्यान गएको थियो । त्यस्तै कुल संक्रमितमध्ये ५२ लाख ९७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

सबैभन्दा बढी संक्रमित भएको मुलुक अमेरिकामा करिब ३९ लाखको हाराहारीमा संक्रमित देखिएका छन् । गएको २४ घण्टामा ६५ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३८ लाख ९८ हजार ५५० पुगेको छ ।

त्यस्तै एक लाख ४३ हजार २८९ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै ४१२ जनाको ज्यान गएको थियो । त्यस्तै १८ लाखभन्दा बढीको उपचारपछि घर फर्किएका छन् भने १९ लाख ५२ हजार ९२३ जनाको उपचार भइरहेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या २० लाख ९९ हजार ८९६ पुगेको छ । गएको २४ घण्टामा मात्रै २४ हजार ६५० जनामा संक्रमण देखिएको थियो भने अहिलेसम्म ७९ हजार ५३३ जनाको ज्यान गएको छ ।

प्रकाशित समय ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु