fbpx
corona information

गृहपृष्ठ ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाई सम्मेलनको प्रतिवेदन हस्तान्तरण

ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाई सम्मेलनको प्रतिवेदन हस्तान्तरण

ग्लोकल आफ्टर स्कुलले अनलाइन शिक्षाको नीतिमा, समाहित गर्ने, छलफल गर्ने र सहयोगी हुने आशाका साथ तयार पारेको सम्मेलनको प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

ग्लोकले सोही कार्यक्रमको प्रतिवेदन तयार गरेर मन्त्री गिरीराजमणि पोखरेललाई हस्तान्तरण गरेको हो । असार १४ र १५ गने आयोजना गरिएको अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलनमा शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अनलाइन शिक्षण र शिक्षाको भविश्य र शिक्षाको सिद्धान्तमा विकास गर्न के गर्न सकिन्छ भन्ने बारेमा गहिरो छलफल भएको थियो ।

सम्मेलनमा नेपालमा अनलाइन सिकाइलाई कसरी प्रभावकारी बनाउने, नेपाल बाहिर लर्निङ विकास र अनलाइन शिक्षा प्रणालीमा पहुँच एवं सम्भावनाका विषयमा ३ प्यानेलमा छलफल गरिएको थियो ।

सरकारको प्रतिक्रियाबाट खुसी व्यक्त गर्दै ग्लोकले भविष्यमा राम्रो अनलाइन शिक्षा प्रणाली बनाउनेमा विश्वास व्यक्त गरेका छन् । साथै सरकारका नीतिहरुको प्रगतिमा आशासमेत राखेका छन् । अनलाइन शिक्षाको विकासमा सदैव तत्पर रहने ग्लोकलको प्रतिबद्धता छ ।

प्रकाशित समय १४:३३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु