fbpx
corona information

गृहपृष्ठ ६ वर्षीय बालकसहित थप तीन जनामा कोरोना पुष्टि

६ वर्षीय बालकसहित थप तीन जनामा कोरोना पुष्टि

तनहुँको व्यास नगरपालिकामा ६ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द, पोखरामा गरिएको परीक्षण उनलाई कोरोना भेटिएको हो ।

गण्डकी प्रदेशमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३ जना संक्रमितसहित गण्डकी प्रदेशमा कोराना संक्रमितको सख्या एक हजार ९९ पुगेको हो ।

जिल्लाको शुक्लागण्डकी गाउँपालिकामा २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बाग्लुङको कोठेखोला गाउँपालिकामा २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा हालसम्म २९६ जना निको भएर घर फर्केका छन् भने स्याङजा जिल्लाका ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १०:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु