fbpx
corona information

गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १४ लाख नजिक, ६४ लाख ३९ हजार डिस्चार्ज

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १४ लाख नजिक, ६४ लाख ३९ हजार डिस्चार्ज

४४ लाखभन्दा बढीको उपचार हुँदै, ६४ हजारको अवस्था चिन्ताजनक

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १४ लाख नजिक पुगेको छ । गएको २४ घण्टामा एक लाख ९८ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या एक करोड १३ लाख ८० हजार ६३३ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित पाँच लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । गएको २४ घण्टामा मात्रै पाँच हजारको ज्यान गएपछि मृतकको संख्या पाँच लाख ३३ हजार ४४९ पुगेको हो ।

संक्रमितमध्ये ६४ लाख ३९ हजारभन्दा बढीको सफल उपचार भएको छ भने ४४ लाखभन्दा बढीको उपचार भइरहेको छ । त्यस्तै ५८ हजार ५३० जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेकरिका कोरोना संक्रमितको संख्या २९ लाख ३५ हजार ७७० पुगेको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख ३२ हजार ३१८ पुगेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

गएको २४ घण्टामा मात्रै अमेरिकामा ४५ हजार १८२ जनामा संक्रमण देखिएको छ भने २५४ जनाको ज्यान गएको छ । त्यस्तै कुल संक्रमितमध्ये १२ लाख ६० हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् भने १५ लाख ४३ हजार ४७ जनाको उपचार भइरहेको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या १५ लाख ७८ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ब्राजिलमा ३५ हजारभन्दा बढी संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १५ लाख ७८ हजार ३७६ पुगेको हो । त्यस्तै ६४ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

प्रकाशित समय ०८:५५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु