fbpx
corona information

गृहपृष्ठ विश्वभर एकै दिन थपिए दुई लाख १८ हजार संक्रमित, मृतकको संख्या पाँच लाख २९ हजार नाघ्यो

विश्वभर एकै दिन थपिए दुई लाख १८ हजार संक्रमित, मृतकको संख्या पाँच लाख २९ हजार नाघ्यो

६३ लाख ३० हजार डिस्चार्ज, ४३ लाख ३१ हजारको उपचार हुँदै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ११ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख १८ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएपछि संक्रमितको संख्या एक करोड ११ लाख ९१ हजार ६८१ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ज्यान गुमाउनेको संख्या पनि पाँच लाख २९ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै करिब ६ हजार जनाले ज्यान गुमाएका छन् । त्यस्तै कुल संक्रमितमध्ये ६३ लाख ३० हजार ६७१ जना उपचारपछि घर फर्किसकेका छन् भने ४३ लाख ३१ हजारको उपचार भइरहेको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ५५ हजारको हाराहारीमा संक्रमित थपिएका थिए । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या २८ लाख ९० हजार ५८८ पुगेको हो । त्यस्तै एक लाख ३२ हजार १०१ जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमितमध्ये अमेरिकामा १२ लाख ३५ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् भने १५ लाख २२ हजार जनाको उपचार भइरहेको छ । त्यस्तै १५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था भने गम्भीर देखिएको छ ।

ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या १५ लाख ४३ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ४१ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएपछि संक्रमितको संख्या १५ लाख ४३ हजार ३४१ पुगेको हो । त्यस्तै ६२ हजार २५४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय ०९:३४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु