fbpx
corona information

गृहपृष्ठ प्रदेश अस्पतालको पीसीआर मेसिन बिग्रियो, साढे ७ सय स्वाब थन्किए

प्रदेश अस्पतालको पीसीआर मेसिन बिग्रियो, साढे ७ सय स्वाब थन्किए

जुम्लामा १२ सय स्वाब परीक्षण गर्न बाँकी

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेको पीसीआर मेसिन चार दिनदेखि बिग्रिएको छ । प्रदेशका विभिन्न जिल्लाबाट परीक्षणका लागि ल्याइएका ७ सय ५० स्वाब मेसिन बिग्रिएपछि थन्किएका छन् ।

यस विषयमा मंगलबार जानकारी लिँदा कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. प्रदिप न्यौपानेले मेसिनमा के खराबी आएको हो भन्ने जानकारी नभएको बताए । उनका अनुसार १ सय ५० स्वाब परीक्षणका लागि भने बाँकेको नेपालगञ्ज पठाइएको छ । ‘मेसिन बनाउनको लागि बाहिरबाट इन्जिनियरहरु बोलाउनुपर्ने हुन्छ। लकडाउनको कारण बाहिरबाट इन्जिनियरहरु बोलाउन सम्भव भएको छैन,’ उनले भने ।

हालसम्म कर्णाली प्रदेशमा ११ हजार ५ सय स्वाब संकलन भई दश हजार १ सय बढीको परिक्षण रिपोर्ट आइसकेको उनले बताए ।

जुम्लामा १२ सय स्वाब परीक्षण गर्न बाँकी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षणका लागि ल्याइएका करिब १२ सय स्वाब बाँकी छन् । प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार परीक्षण गर्न बाँकी रहेका स्वाबहरु आगामी दुईदिनमा सकिनेछन् ।

प्रतिष्ठानमा रहेको पीसीआर मेसिन बिग्रिएको भन्ने हल्ला भए पनि मेसिनले पूर्ण रुपमा काम गरिरहेको उनले बताए । ‘मेसिनमा समस्या त आएको हो तर बिग्रिएर थन्किएको भने होइन,’ उनले भने ।

प्रकाशित समय १३:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु