fbpx
corona information

गृहपृष्ठ गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संख्या ९६६ पुग्यो

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संख्या ९६६ पुग्यो

गण्डकी प्रदेशमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप १७ जना संक्रमित फेला परेसँगै गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

गण्डकी प्रदेशका चार जिल्ला तनहुँमा ५, स्याङ्जामा १, लमजुङमा ३ र कास्कीमा ८ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तनहुँको व्यास नगरपालिकामा ३ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ३६ वर्ष उमेर समूहका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकामा ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङको बेँसीसहर नगरपालिकामा १९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मर्स्याङ्दी नगरपालिका र मध्यनेपाल नगरपालिकामा वर्ष ३८ र २० का दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, कास्कीको मादी गाउँपालिकामा ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाका ६ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २७ देखि ५३ वर्ष उमेर समूहका छन् ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको  स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म २१४ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०८:१२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु