fbpx
corona information

गृहपृष्ठ गण्डकीमा १७० जनाले जिते कोरोना, थप ७ जनालाई संक्रमण

गण्डकीमा १७० जनाले जिते कोरोना, थप ७ जनालाई संक्रमण

पोखरास्थित प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणबाट गण्डकी प्रदेशमा आइतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकीमा कोराना संक्रमितको संख्या ८ सय ९५ पुगेको छ ।

बाग्लुङमा २, म्याग्दीमा २, पर्वतमा १, लमजुङमा १ र कास्कीमा १ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बाग्लुङ नगरपालिकामा २१ र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै म्याग्दीको बेनी नगरपालिकामा ३० र ४० वर्षका दुई महिला संक्रमित भएका छन् । पर्वतको कुश्मा नगरपालिकामा २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी लमजुङको बेसीशहर, लमजुङ घर भई आबुखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगरपालिकाका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ । सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकीका चार जिल्ला स्याङजा, पर्वत, म्याग्दी र तनुहँका ४३ पुरुष र ६ महिला गरी ४९ जना संक्रमित कोरोनामुक्त भएका छन् । उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशक शर्माले जानकारी दिए । यससँँगै गण्डकीमा हालसम्म १७० जना निको भएर घर फर्केका छन् । २ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १८:३३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु