fbpx
corona information

गृहपृष्ठ प्रदेश २ मा १०३ जना संक्रमित थपिए, संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै

प्रदेश २ मा १०३ जना संक्रमित थपिए, संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै

प्रदेश २ मा थप १ सय ३ जनामा संक्रमण पुष्टि भएसँगै कोरोनाभाइरस संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ । थपएिका संक्रमितमध्ये २१ जना महिला छन् ।

प्रदेश २ मा सबैभन्दा बढी संक्रमित रौतहटमा देखिएका छन् । रौतहटमा ४४, धनुषामा २०, सर्लाहीमा २१, महोत्तरीमा १२ र सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको लक्ष्मीनियाँ- ५ स्थित शंकर आधारभूत विद्यालयको क्वारेन्टिनका ६ महिलासहित २२ जना, ईशनाथ नगरपालिकाका ४ महिलासहित २२ जना, धनुषाको मिथिला नगरपालिकाका ३ वर्षीया बालिका, दुई युवती र ८ पुरुष, नगराइन नगरपालिकाका ७ जना र बटेश्वर गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

सर्लाहीको हरिपूर्वा नगरपालिकाका १ जना, विष्णु गाउँपालिकाका २ देखि २६ वर्ष उमेर समूहका ५ महिलासहित २० जना, महोत्तरीको गौशाला नगरपालिकाका ५, लोहरपट्टी नगरपालिकाका १ महिला र १ पुरुष, मनरा सिस्वा नगरपालिकाका १ महिलासहित ५ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको बोदे बसाईन नगरपालिका- ३ र ५ का १ महिलासहित ४ जना, बिहुल बलान नगरपालिका- ३ का २ जना पुरुषमा संक्रमण देखिएको छ ।

प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्यासमेत बढेको छ । पछिल्लो २४ घण्टामा १ सय २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिलेसम्म प्रदेश २ मा १ हजार २ सय ३४ जना निको भएर घर फर्किएको मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।

प्रकाशित समय १३:०० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु