गृहपृष्ठ विश्वभर ९५ लाख नाघ्यो कोरोना संक्रमितको संख्या, ५१ लाखभन्दा बढी डिस्चार्ज

विश्वभर ९५ लाख नाघ्यो कोरोना संक्रमितको संख्या, ५१ लाखभन्दा बढी डिस्चार्ज

एकै दिनमा थपिए एक लाख ८० हजार कोरोनाका बिरामी

विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाखभन्दा बढी पुगेको छ । गएको २४ घण्टामा मात्रै करिब एक लाख ८० हजारको हाराहारीमा संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९५ लाख २७ हजार १२३ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि चार लाख ८४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर चार लाख ८४ हजार ९७२ जनाको ज्यान गएको छ भने ५१ लाख ७५ हजार संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै ३८ लाख ६६ हजार संक्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ५८ हजारभन्दा बढीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या २४ लाख ६२ हजार नाघेको छ भने एक लाख २४ हजार २८१ को ज्यान गएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै १० लाख ४० हजारभन्दा बढीको सफल उपचार भएको छ भने १३ लाखको हाराहारीमा संक्रमितको उपचार भइरहेको छ ।

अमेरिकापछिको दोस्रो बढी संक्रमित मुलुक ब्राजिलमा संक्रमितको संख्या ११ लाख ९२ हजार नाघेको छ भने करिब ५४ हजारले ज्यान गुमाएका छन् । त्यस्तै ६ लाख ६९ हजार जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् भने चार लाख ८८ हजार ६९२ को उपचार भइरहेको छ । उपचार भइरहेकोमध्ये पनि ५ हजार ६११ जनाको अवस्था गम्भीर देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु