गृहपृष्ठ ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन
ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलन

ग्लोकल प्रालिले सञ्चालन गरेको ग्लोकल आफ्टर स्कुलले दुई दिने अनलाइन लर्निङ भर्चुअल कन्फ्रेन्स आयोजना गर्ने भएको छ । असार १४ र १५ गते आयोजना गर्न लागिएको कन्फ्रेन्सको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नेछन् ।
इलर्निङ सिकाइ सम्मेलनले यो क्षेत्रका अग्रणी विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अनलाइन शिक्षण, शिक्षाको भविष्य र शिक्षाको सिद्धान्तमा विकास गर्न साझा मञ्च प्रदान गर्नेछ ।
ग्लोकल आफ्टर स्कुलले विभिन्न विषयमा अनलाइन पाठ्यक्रम सुरु गरेको छ । यी अनलाइन पाठ्यक्रम विभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा तथा सीप प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको हो ।
सम्मेलनको मुख्य लक्ष्य अनलाइन लर्निङका सम्भावनालाई सम्बोधन गर्नु रहेको ग्लोकलले जनाएको छ । सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १० मिनेट स्कुल, फ्युज क्लासरुम, ग्लोकल आफ्टर स्कुल, टिच फर नेपाल, काठमाडौं विश्वविद्यालय, किङ्स कलेज, कारखाना एवं सिटिइभिटी जस्ता शिक्षण मञ्चहरुको सहभागिता रहनेछ ।
सम्मेलनमा कर्पोरेट्स, नीति निर्माता, विद्यार्थी, विश्वविद्यालय र पत्रकारहरू एवं शिक्षाविदहरु पनि उपस्थित हुनेछन् । ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशीष ठाकुर सम्मेलनको माध्यमबाट शिक्षण संयन्त्रहरुको आविष्कार, अनुप्रयोग र समाधानहरूका लागि योगदान दिन र अनलाइन सिकाइ संयन्त्रमा प्रभावकारिता ल्याउन के गर्न सकिन्छ भन्नेबारे विकास गर्न चाहने बताए ।
प्रकाशित समय १३:११ बजे