fbpx
corona information

गृहपृष्ठ परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरु पनि संक्रमितको सूचीमा !

परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरु पनि संक्रमितको सूचीमा !

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका थप ८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३ सय ८९ पुगेको छ ।

बिहीबार नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको थियो । भारतबाट आई क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड- १९) संक्रमित भनिएका कर्णालीका तीन जनामा संक्रमण नभएको पाइएको छ । कर्णालीमा कोरोना संक्रमितको जम्मा संख्या ३ सय ९२ हुनुपर्नेमा तीन जनाको रिपोर्ट सच्याएकोले ३ सय ८९ भएको मन्त्रालयले जानकारी दिएको हो ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जेठ १९ गते विज्ञप्तिमार्फत सल्यानको वनगाड कुपिन्डे नगरपालिका- ३ का १७ र १९ वर्षीय दुई पुरुष तथा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका- ७ का ४५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । उक्त सूचना गलत भएको पाइएको हो । महाशाखाले आज विज्ञप्तिमार्फत नै भुलवश उनीहरु तीन जनामा संक्रमण देखिएको रिपोर्टिङ भएको भन्दै सच्याएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति :

प्रकाशित समय १९:५४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु