fbpx
corona information

गृहपृष्ठ बाजुरासहित कर्णालीका ४ जिल्लामा कोरोना, संक्रमितको संख्या १०५ पुग्यो

बाजुरासहित कर्णालीका ४ जिल्लामा कोरोना, संक्रमितको संख्या १०५ पुग्यो

कर्णालीका चार जिल्लाका नागरिकमा कोरोना संक्रमण देखिएको छ । शनिबार कर्णालीका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कर्णालीका ५८ जना र बाजुराका १ जना गरी थप ५९ जनामा कोरोना संक्रमण देखिएको हो ।

भारतबाट आएका, सल्यान, दैलेख, कालिकोट र सुर्खेतका नागरिकहरुमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ । जसअनुसार दैलेख जिल्लाका १५ जना, कालिकोट जिल्लाका १७ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना र कर्णाली बाहेक बाजुराका १ जनामा कोरोना पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेत तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशित समय १०:३२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु