fbpx
corona information

गृहपृष्ठ २४ घण्टामै थपिए एक लाख २४ हजार संक्रमित, ज्यान गुमाउनेको संख्या तीन लाख ७० हजार नाघ्यो

२४ घण्टामै थपिए एक लाख २४ हजार संक्रमित, ज्यान गुमाउनेको संख्या तीन लाख ७० हजार नाघ्यो

विश्वभर २७ लाख ३४ हजार डिस्चार्ज, ३० लाख ४५ हजारको उपचार हुँदै

विश्वभर गएको २४ घण्टामा मात्रै एक लाख २४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबार बिहानसम्म कूल कोरोना संक्रमितको संख्या ६१ लाख नाघेको छ । एकै दिनमा एक लाख २४ हजार १०३ जना नयाँ संक्रमित थपिएपछि कूल संख्या ६१ लाख ५० हजार ४८३ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार गएको २४ घण्टामै चार हजार ८४ जनाले ज्यान गुमाएपछि मृतकको संख्या पनि बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ७० हजार ५०६ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २७ लाख ३४ हजार ५४६ जनाको सफल उपचार भएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वभर ३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेको छ भने ५३ हजार ५०३ जनाको अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी प्रकोप रुपमा फैलिएको अमेरिकामा गएको २४ घण्टामा मात्रै २३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने एक हजारभन्दा बढीले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म अमेरिकामा १८ लाख १६ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भइसकेको छ भने एक लाख साढे ५ हजारले ज्यान गुमाइसकेका छन् । त्यस्तै ब्राजिलमा पनि एकै दिनमा ३० हजारभन्दा बढी नयाँ संक्रमित देखिएका छन् ८९० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्मको ब्राजिलको तथ्यांक हेर्दा अहिलेसम्म करिब ५ लाखको हाराहारीमा संक्रमित देखिएका छन् भने २९ हजारले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय ०७:४२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु