fbpx
corona information

गृहपृष्ठ बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

death-newskarobar

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुख्र्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए ।

शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उहाँलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।

घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन । उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन् । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको संख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ । (रासस)

प्रकाशित समय ०७:२३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु