fbpx
corona information

गृहपृष्ठ नेपालमा पाँच दिनमै थपिए २०९ संक्रमित, कुन जिल्लामा कति ?

नेपालमा पाँच दिनमै थपिए २०९ संक्रमित, कुन जिल्लामा कति ?

नेपालमा पाँच दिनमै २०९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जेठ ५ गते सोमबार साँझसम्ममा देशका ३४ जिल्लामा ३७५ जना कोरोना संक्रमित भेटिएकोमा शनिबार साँझसम्ममा २०९ जना थपिएर ५८४ पुगेको छ ।

पाँच दिनको अवधिमा कर्णाली प्रदेशसहित थप सात जिल्लामा संक्रमित भेटिएका छन् । प्रदेश १ मा ८६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश २ मा १७२ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश ५ मा २७१ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १४ जना संक्रमित फेलापरेका छन् ।

पाँच दिनको अवधिमा सबैभन्दा धेरै बाँकेमा ४९, कपिलवस्तुमा ३५, झापामा ३३ र सर्लाहीमा ३० जना संक्रमित थपिएका छन् भने पर्सा, उदयपुर, महोत्तरी, रौतहट, काभ्रे, धादिङ, बागलुङ, गुल्मी र कञ्चनपुरमा संक्रमितको संख्या बढेको छैन । संक्रमितको संख्या नबढ्नुलाई सकारात्मक रुपमा हेरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमण भएका ७० जना निको भएर घर गएका छन् भने तीन जनाको ज्यान गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा जिल्लागत संक्रमणको अवस्था

प्रकाशित समय १९:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु