fbpx
corona information

गृहपृष्ठ बुढानिलकण्ठ नगरपालिकामा ४३४ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

बुढानिलकण्ठ नगरपालिकामा ४३४ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

बुढानिलकण्ठ नगरपालिकामा गरिएको कोरोना परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार र शुक्रबार गरिएको परीक्षणअनुसार दुई दिनमा १३६ जना महिला र ३३० जना पुरुषको आरडिटी रिपोर्ट नेगेटिभ आएको बुढानिलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाले जनाएको छ ।

जनस्वास्थ्य शाखाले एक विज्ञप्ति जारी गर्दै ४६६ जनाको आरडिटी रिपोर्ट परीक्षणअनुसार ४३४ जनामा नेगेटिभ र ३२ जनाको पोजेटिभ देखिएको थियो । आरटिपिसिआरका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा पठाएको विवरणमा सबैको रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ ।

तीन दिनमा गरिएको परीक्षणअनुसार १९ महिला र ८२ जना पुरुष गरी १०१ जनाको परीक्षण गरिएको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको बताइएको छ ।

प्रकाशित समय १३:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु