fbpx
corona information

गृहपृष्ठ कोरोना संक्रमितको संख्या ५३ लाख पुग्यो, साढे २१ लाख डिस्चार्ज

कोरोना संक्रमितको संख्या ५३ लाख पुग्यो, साढे २१ लाख डिस्चार्ज

एकैदिन पाँच हजार २६८ को मृत्यु, एकलाख सात हजार थपिए नयाँ संक्रमित,

सोलमा कोरोना भाइरसविरूद्ध सावधानीका रूपमा कीटाणुनाशक बनाइँदै ।

विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाखको हाराहारीमा पुगेको छ । गएको २४ घण्टामा मात्रै एक लाख सात हजार ७१३ जना नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ५२ लाख ९८ हजार २०४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्वास्थ्य संगठनका अनुसार शनिवार बिहानसम्म विश्वभर तीन लाख ३९ हजार ४१८ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिनमा मात्रै पाँच हजार २४५ जनाले ज्यान गुमाएको बताइएको छ । कूल संक्रमितमध्ये २१ लाख ५६ हजार २९० जनाको सफल उपचार भएको छ भने २८ लाख दुई हजार ४९६ जनाको उपचार भइरहेको छ । त्यस्तै ४४ हजार ५८३ जनाको अवस्था भने चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै २४ हजार १९४ जना नयाँ संक्रमित थपिएपछि अमेरिकामा १६ लाख ४५ हजार ९१ जनामा भाइरस संक्रमण देखिएको हो । त्यस्तै ९७ हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार २८६ जनाको ज्यान गएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ९७ हजार ६४० पुगेको हो ।

त्यस्तै संक्रमितमध्ये चार लाख तीन हजार ११३ जनाको सफल उपचार भएको भएको छ भने ११ लाख ४४ हजार ३३८ जनाको उपचार भइरहेको छ । त्योमध्ये पनि १७ हजार १०९ जनाको अवस्था गम्भीर भएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

प्रकाशित समय ०७:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु