fbpx
corona information

गृहपृष्ठ दैलेखको आठबिसकोटका कोरोना संक्रमितलाई सुर्खेत ल्याइयो

दैलेखको आठबिसकोटका कोरोना संक्रमितलाई सुर्खेत ल्याइयो

newskarobar

दैलेखको आठबिसकोटका कोरोना संक्रमित युवकलाई सुर्खेत ल्याइएको छ । कोरोना संक्रमण देखिएपछि पनि केही दिन उतै राखिएका ३५ वर्षे युवकलाई शुक्रबार अपराह्न सुर्खेत ल्याइएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. के. एन. पौडेलले जानकारी दिए ।

सुर्खेतबाट उनलाई लिन गएको डाक्टरहरूको टोलीले ‘सुर्खेत लान्छौँ’ भनेर दैलेखकै नारायण नगरपालिका ८, झुप्रेसालमा रहेको सरस्वती माविमा राखेको स्थानीयले बताएका छन् । विद्यालय भवनमा संक्रमित युवक एक्लै बस्नुपरेको थियो ।

यसअघि कोरोना संक्रमित युवकलाई उपचार गर्न जिल्ला अस्पतालले मानेको थिएन । गत ५ गते कर्णाली स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पाजेटिभ आएको थियो ।

सोही दिन बाँकेको नेपालगन्जमा उनको नमुना पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै देखिएको थियो । तर, उनलाई स्थानीय लक्ष्मी मावि आठबिस नगरपालिकाबाट ३८ घण्टासम्म पनि अन्यत्र सारिएको थिएन । बुधबारमात्रै आठबिस नगरपालिकाबाट उनलाई नारायण नगरपालिका ८ को सरस्वती माविको क्वारेन्टिनमा राखिएको थियो । नगरपालिकाका सूचना अधिकारी शेरबहादुर सिजापतिले अस्पतालले सम्पूर्ण उपचार सेवा दिनेगरी विद्यालयमा राखेको भन्ने जानकारी आएको बताएका थिए ।

प्रकाशित समय १८:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु