fbpx
corona information

गृहपृष्ठ कर्णालीका मुख्यमन्त्रीसहित १ सय ६६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कर्णालीका मुख्यमन्त्रीसहित १ सय ६६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कर्णाली प्रदेशसभाको छैठौं अधिवेशनको पूर्वसन्ध्यामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित १ सय ६६ जनाको कोरोना परिक्षण गरिएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनीहरुको बिहीबार बिहान संसद भवनमा स्वाबको नमूना लिई स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशको प्रयोगशालामा परीक्षण गरिएको थियो । आगामी जेठ ११ गते सुरु हुने वर्षे अधिवेशनमा सहभागी हुने मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएको सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार अझै ६ जना सांसद र उनीहरुका स्वकीय सचिवको भने परीक्षण हुन बाँकी छ ।

बैठक सञ्चालनको लागि कोरोना प्रतिकार्यको आधारभूत तयारी पूरा भएकोसमेत सचिव बुढाथोकीले जानकारी दिए । ‘संसद सचिवालय परिसरमा क्लोरिन छर्कने, साबुनपानी, सेनिटाइजिङ लगायतको सम्पूर्ण व्यवस्था गरेका छौँ । बैठक कक्षको सिटसमेत सामाजिक दूरी कायम गरेरै राखेका छौँ,’ उनले भने । दर्शक र पत्रकारहरुलाई भने बैठकभित्र प्रवेश गर्न नदिने तयारी भएको उनले बताए ।

बैठक हलमा ६० प्रतिशत सिट क्षमताभन्दा बढी भएकाले सांसदहरुलाई सामाजिक दूरी कायम गर्नसमेत सहज हुने उनले बताए । ‘दर्शक दिर्घाको सिटलाई समेत व्यवस्थापन गरी सामाजिक दूरी कायम गर्ने तयारी भएको छ,’ उनले तयारीबारे जानकारी दिँदै भने, ‘सिट क्षमता नभएको कारण पत्रकार र दर्शकहरुलाई प्रतिक्षालयको हलमा व्यवस्थापन मिलाएका छौं ।’ पीसीआर विधिबाट कोरोनाको परीक्षण गराएको प्रमाण देखाएमात्रै संसद भवन परिसरभित्र प्रवेश दिने गरी तयारी भएकोसमेत उनले बताए ।

बजेट अधिवेशनमा कहिले, के गर्ने ? भन्ने विषयमा आगामी १० गते बस्ने कार्यव्यवस्था तथा परामर्श समितिको बैठकबाट निर्णय हुने सचिव बुढाथोकीले बताए ।

प्रकाशित समय १९:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु