गृहपृष्ठ टेकु अस्पतालबाट ४ जना संक्रमित डिस्चार्ज

टेकु अस्पतालबाट ४ जना संक्रमित डिस्चार्ज

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल_shukraraj tropical hospital

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना कोरोनाभाइरस (कोभिड- १९) संक्रमित डिस्चार्ज भएका छन् । उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनीहरू ४ जनाकै रिपोर्ट दुई-दुई पटकसम्म नेगेटिभ आएपछि घर पठाइएको हो । टेकु अस्पतालको आइसोलेसनमा अब १ जनामात्रै संक्रमितको उपचार भइरहेको डा. राजभण्डारीले जानकारी दिए ।

डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ जना पुगेको छ ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु