गृहपृष्ठ परीक्षण दायरा बढेसँगै संक्रमित थपिँदै

परीक्षण दायरा बढेसँगै संक्रमित थपिँदै

कोशी अस्पतालबाट निको भइ घर फर्कन लागेकाहरू । (फाइल तस्बिर)

प्रदेश १ मा हालसम्म ६६ जनालाई कोरोना भाइरस (कोभिड- १९) पुष्टि भएको छ । बुधबार थप ७ जनामा कोभिड- १९ पुष्टि भएको हो ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका १ र धरानमा १ जनालाई कोभिड- १९ पुष्टि भएको हो । २६ जना कोभिड- १९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

प्रकाशित समय १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु