fbpx
corona information

गृहपृष्ठ नेपालमा थप १० जनामा संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा थप १० जनामा संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । आइतबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा थप १० जना संक्रमित थपिएपछि कूल संक्रमितको संख्या २९१ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका गरिएको परीक्षणअनुसार रौतहट राजपुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ४२, ४८ वर्षका पुरुषहरु र रौतहट इशनाथ नगरपालिका ३ का २८, ३०, ३३ वर्षीय पूरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित समय ०७:५३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु