गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ९५ हजार नाघ्यो, १६ लाखभन्दा बढी संक्रमित

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे ९५ हजार नाघ्यो, १६ लाखभन्दा बढी संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या ९५ हजार नाघेको छ । त्यस्तै भाइरसको संक्रमण १६ लाख भन्दा बढी व्यक्तिमा देखिएको छ ।

चीनको बुहानबाट फैलन सुरु भएको भाइरस विश्वका सबै देशहरूमा फैलिएकाे भाइरसले ज्यान गुमाउनेको संख्या तीव्र गतिमा बढी रहेको छ । प्रत्येक दिन ज्यान गुमाउनेको संख्या हजार नाघ्दै आएको छ । त्यस्तै ५० हजारको संख्यामा दिनहुँजसो नयाँ संक्रमित फेला पर्दै आएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अहिलेसम्म १६ लाख तीन हजार ४३३ जनामा संक्रमण देखिएको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या ९५ हजार ७१६ पुगेको छ । अहिले पनि ४९ हजार १२५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले निकै प्रकोप लिएका मुलुकको सूचीमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, इरान, युकेलगायत परेका छन् । ती देशहरूमा हजाराैंको संख्यामा ज्यान गइसकेको छ । अमेरिकामा मात्रै चार लाख ६८ हजार ५६६ जनामा संक्रमण देखिएको छ । त्यस्तै १६ हजार ६९१ जनाले ज्यान गुमाइसकेका छन् ।

सबैभन्दा बढी इटालीले आफ्ना नागरिक गुमाएको छ । अहिलेसम्म इटालीमा भाइरसका कारण ज्यान गुमाउनको संख्या १८ हजार २७९ पुगेको छ । त्यस्तै एक लाख ४३ हजार ६२६ जना  संक्रमित छन् । अहिलेसम्म तीन लाख ५६ हजार ४४० जनाको सफल उपचार भइसकेको संगठनले जनाएको छ ।

प्रकाशित समय ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु