fbpx
corona information

गृहपृष्ठ स्थानीयले प्रहरीमा उजुरी गरेपछि मात्र वडाध्यक्ष क्वारेन्टाइनमा

स्थानीयले प्रहरीमा उजुरी गरेपछि मात्र वडाध्यक्ष क्वारेन्टाइनमा

भारतको मधुवनीमा एक महिना बसेर फर्किएका धनुषाको जनकनन्दनी गाउँपालिका- २ का वडाध्यक्ष भोगेन्द्र पाठक क्वारेन्टाइनमा बसेका छन् । गाउँलेहरुको दबावपछि मात्र उनी क्वारेन्टाइनमा बसेका हुन् ।

वडाध्यक्ष पाठक जनकनन्दनी गाउँपालिका- ४, खजुरीस्थित विद्यालयको क्वारेन्टाइनमा सोमबार बिहान भर्ना भएका छन् । काम विशेषले एक महिनाअघि भारत गएका उनी आइतबार राति घर फर्केका थिए ।

भारतमा लामो समय बसेका कारण कोरोना भाइरसको आंशका गरेर गाउँलेहरुले वडाध्यक्षलाई १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए । तर वडाध्यक्ष पाठक आफूलाई केही नभएको भन्दै गाउँमै घुमफिर गर्न थालेपछि स्थानीयहरुले वडाध्यक्षलाई क्वारेन्टाइनमा राख्न इलाका प्रहरी कार्यालय खजुरीमा निवेदन दिएका थिए ।

इन्स्पेक्टर देवेन्द्र रोकायाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग छलफल गरेपछि वडाध्यक्ष पाठकलाई क्वारेन्टाइनमा राखिएको हो । जनकनन्दनी गाउँपालिकामा अहिले ९ जना क्वारेन्टाइनमा छन् । गाउँपालिकाले २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा भर्ना भएका सबैका लागि खाजा, खाना र अन्य व्यवस्था मिलाइएको गाउँपालिकाका स्रोत व्यक्ति अयोधी दासले जानकारी दिए ।

प्रकाशित समय १८:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु