fbpx
corona information

गृहपृष्ठ धनगढीका संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ

धनगढीका संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ

भाउजुलाई संक्रमण, परिवारका अन्यको रिपोर्ट नेगेटिभ

coronavirus_test report_covid 19

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड- १९) संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनको अस्पताल बसाई लम्बिने भएको छ । दोस्रो रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी थियो ।

धनगढी उपमहानगरपालिका- ५ का ३४ वर्षीय ती युवककाे परिवारका सदस्यसँगै पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडाैं पठाइएको थियो ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनी दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ आएका थिए । उनलाई १४ गते कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो ।

काठमाडौँबाट हवाइमार्ग हुँदै नेपालगञ्ज पुगेका उनी त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए ।  उनको भाउजुमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता एवं आकस्मिक विभाग प्रमुख डा. जगदिश जोशीले जानकारी दिए ।

प्रकाशित समय १९:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु