fbpx
corona information

गृहपृष्ठ कनकाई नगरपालिकाको कोरोना नियन्त्रण कोषमा ४२ लाख संकलन

कनकाई नगरपालिकाको कोरोना नियन्त्रण कोषमा ४२ लाख संकलन

kanakai-municipality-newskarobar

झापाको कनकाई नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ४२ लाख रुपैयाँबराबर सहयोग संकलन भएको छ । कनकाई नगरपालिका, नगरपालिकाका प्रतिनिधि एवं कर्मचारी र देश तथा विदेशमा रहेका कनकाईबासीहरूबाट कोरोना नियन्त्रण कोषमा करिब ४२ लाख रूपैयाँ संकलन भएको हो ।

कोषमा नगरपालिकाले विपद व्यवस्थापन कोषबाट ३० लाख रूपैयाँ जम्मा गरेको छ । त्यस्तै नगरपालिकाका जनप्रतिनिधिको एक महिनाबराबर र कर्मचारीको गरी कम्तीमा ५ लाख जम्मा हुने नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । यसबाहेक विदेशमा रहेका स्थानीयबाट ६ लाख ३३ हजार ८३९ रुपैयाँ नगद र ६४ हजार रुपैयाँबराबरको जिन्सी सहयोग भएको छ । नगर प्रमुख पोखरेलका अनुसार कोषमा निरन्तर सहयोग प्राप्त भइरहेको छ ।

कोरोनाभाइरसबाट बच्न नगरपालिकाले राहत कोष बनाएर रकम जम्मा गर्न आग्रह गरेको थियो । कोरोनाबाट कतिपय कनकाईबासी सजग देखिएर लकडाउनलाई सहयोग गरिरहेका छन् भने कतिपयले सामान्य रुपमा लिएका हेलचेक्रयाइँ पनि गर्ने गरेका छन् । ‘सुरुमा निकै हेलचेक्रयाइँ पनि भयो, अहिले बुझ्दै गएका छन्, सचेतना बढ्दै गएको पाइएको छ,’ प्रमुख पोखरेलले भने, ‘कोरोनाभाइरसबाट विश्वका शक्तिशाली देशसमेतलाई समस्या भइरहेको समाचारहरु पढ्न, सुन्न थालेपछि केही सजगता अपनाएको हुनसक्छ ।’

कोरोनाको त्रास व्यापक बन्दै गएपछि नगरपालिकाले माइकिङ गरेर स्थानीयलाई साबुनपानीले निरन्तर हात धुन, हाच्छ्युँ आएमा पाखुरा या कुहिनोले छोप्न, अरुबाट टाढा रहन, घरबाहिर ननिस्किन, सरसफाइमा ध्यान दिन आग्रह गर्नुका साथै केही स्थानमा किटनासक औषधि पनि छर्किएको थियो ।

प्रकाशित समय १७:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु