fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ रोल्पा अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण

रोल्पा अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण

Medical Education Board_NewsKarobar

रोल्पा अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने मेडिकल सामग्री उपलब्ध नभएको गुनासो आइरहेका बेला रोल्पा नगरपालिकाले मेडिकल सामग्री अस्पताललाई प्रदान गरेको छ ।

नगरप्रमुख पूर्ण केसीले अस्पतालका प्रमुख डा धनमाया घर्तीलाई ती सामग्री प्रदान गरे । नगरपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीइ सेट पाँच, बेडसिट पाँच थान, फलामको बेड, सिरानी, सर्जिकल पञ्जा, स्यानिटाइजर, आइभी क्यानुलालगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

‘हाल ११ थरिका सामग्री हस्तान्तरण भयो, निकट भविष्यमा थप थान वेडसिट आउने तयारीमा छ,’ नगर प्रमुख केसीले भने । जिल्ला अस्पतालमा मेडिकल सामग्रीको अभाव रहेको चिकित्सकहरुबाट गुनासो आउन थालेपछि यसअघि रोल्पा उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ रोल्पाले १००/१०० थान मास्क हस्तान्तरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले १५ थान कम्बल, पाँच थान म्याट्रिक्स र १०० थान मास्क हस्तान्तरण गरेको थियो । यसअघि रोल्पा अस्पतालका चिकित्सकले कोरोना संक्रमणको आशंका गरिएका बिरामी जाँच गर्दा लगाउने मेडिकल सामग्री नभएको गुनासो गरेका थिए ।

उनीहरुले आइसोलेसन कक्षभन्दा पहिला स्वास्थ्यकर्मीका लागि मेडिकल सामग्रीको जरुरी रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । (रासस)

प्रकाशित समय १३:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु