fbpx
corona information

गृहपृष्ठ देउराली जनताले बनाउने ‘कोरोनाको उपचारमा प्रयोग हुने औषधि’

देउराली जनताले बनाउने ‘कोरोनाको उपचारमा प्रयोग हुने औषधि’

सरकारलाई सित्तैमा दिने

Deurali Janata_NewsKarobar

देउराली जनता फर्मास्युटिकल्स प्रालिले कोभिड–१९ उपचारमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’ प्रयोग हुने दाबीसहित आवश्यक परेमा यसका उत्पादन गरेर सरकारलाई सित्तैमा दिने बताएको छ ।

‘विश्वभरि हालसम्म कोभिड–१९ को उपचारका लागि एकमात्र औषधिका रूपमा यसको उपयोग गर्न सकिने विभिन्न शोधहरूले देखाएका छन्, भारतले यसलाई औपचारिक प्रयोगमा ल्याउने निर्णय नै गरिसकेको छ,’ देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले न्युज कारोबारसँग भने, ‘राष्ट्रप्रतिको जिम्मेवारी महसुस गरेर हामीले हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई दिने निर्णय गरेका हौं ।’

Imageशर्माका अनुसार कम्पनीले तत्काल ४ लाख ट्याबलेट हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई निःशुल्क उपलब्ध गराउने छ । जुन करिब १५ हजार कोभिड–१९ का बिमारीको उपचारका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ । यसको बजार मूल्य करिब ४८ लाख रुपैयाँबराबर पर्छ ।

‘हामी कामना गरौं, नेपालमा कोरोनाभाइरस संक्रमित बिमारी नै नदेखिउन्, यदि कोहीमा यस्तो संक्रमण देखिइहालेमा मुलुकभित्रै यसका प्रतिरोधी औषधि उपलब्धता हुन सकोस् भनेर हामीले अग्रसरता लिएका हौं,’ शर्माले भने ।

औषधिको प्रभावकारितासँगै सरकारले निर्णय लिएमा यस्ता जीवनरक्षक औषधिको उत्पादनमा थप हातेमालो गर्न सकिने शर्माको भनाइ थियो ।

देउराली जनताले हाल विभिन्न प्रकारका जीवन रक्षकसहित २१० प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ ।

(यसअघि सम्बन्धित संस्थाका दाबीअनुसार औषधिबारे राखिएको शीर्षकले भ्रम सिर्जना हुन गएकोमा क्षमायाचनासहित भूलसुधार गरिएको छ । -प्रधान सम्पादक)

प्रकाशित समय १९:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु